back
NMB ad

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको नौ महिनाको कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरको छ । कम्पनीको यो नाफा अघिल्लो त्रैमासको तुलनामा ५७.४३ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो त्रैमास कम्पनीले १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा गरेको थियो । उक्त अवधिमा कम्पनीको आम्दानी वृद्धि भएकाले नाफा बढ्नामा टेवा पुगेको हो ।

अघिल्लो त्रैमासको तुलनामा कम्पनीको आम्दानी ५७.०९ प्रतिशतले वृद्धि भई यस त्रैमासमा ३२ करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको नौ महिनाको कम्पनीको कुल बीमा शुल्क आर्जन ५२ करोड ५९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा २० करोड ६ लाख ४ हजार रुपैयाँ राखेको छ । यस्तै, बीमा कोषमा ४८ लाख १९ हजार, महाविपत्ती कोषमा भने ४ लाख ६० हजार रुपैयाँ मात्र राखेको छ ।

कम्पनीले सर्वसाधारणहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले आउँदो जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ ।

वि.सं.२०७९ जेठ १५ आइतवार ११:३७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...