काठमाडौं । बुधवार पनि नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्यमा गिरावट आएको छ ।
आज बैंकको सेयर मूल्य ७.२५ प्रतिशतले घटेको हो । उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेर ३०७ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको सर्वाधिक कारोबार भएको छ ।
आज बैंकको १२ करोड १३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज बैंकको ३ लाख ९९ हजार ५५६ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७९ जेठ १८ बुधवार १६:२८ मा प्रकाशित