back
NMB ad

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले १० वर्षे अवधिको वार्षिक ११% व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

बुधवार एक कार्यक्रमका बीच बैंक र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबीच ऋणपत्र े निष्काशन सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७९ जेठ १८ बुधवार १६:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...