back
NMB ad

साढे ४ अर्ब बढीको १ हजार ५५१ विद्युतीय सवारी नेपाल भित्रियो, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा साढे ४ अर्ब बढीको विद्युतीय सवारी साधान आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको १० महिनाको अवधिमा ४ अर्ब ५२ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

उक्त अवधिमा विभिन्न तौल क्षमताको १ हजार ५५१ थान विद्युतीय कार, भ्यान र जीप आयात भएको हो । विद्युतीय सवारी साधान आयातबाट सरकारले १ अर्ब ३३ करोड ४८ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त अवधि सबैभन्दा बढी सवारी छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट बैशाख मसान्तसम्ममा २ अर्ब ३८ करोड ४७ लाख ८० हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको हो । उक्त अवधिमा चीनबाट ८०१ वटा सवारी आयात भएको हो । विभागका अनुसार चीनबाट १०० किलोवाट तौल क्षमताका १४५ वटा र १५० देखि २०० किलोवाटका ६५६ वटा विद्युतीय सवारी आयात भएको हो ।

यस्तै, अर्को छिमेकी मुलुक भारतबाट १०० किलोवाट तौल क्षमता भएका ५५५ वटा सवारी आयात भएको हो । चालु आवको वैशाख मसान्तसम्ममा १ अर्ब ३८ करोड ४९ लाख ७४ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।

त्यसैगरि चालु आवको १० महिनामा गणतन्त्र कोरियाबाट ५६ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो । उक्त मुलुकबाट चालु आवको बैशाख  मसान्तसम्ममा १०० किलोवाट तौल क्षमता भएका १०४ वटा र १०० देखि २०० किलोवाटसम्मका ४४ वटा गरि कुल १४८ थान विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

यता, चालु आवको १० महिनको अवधिमा अमेरिकाबाट ७ करोड ८४ लाख ३३ हजार रुपैयाँ बराबरको १८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । अमेरिकाबाट १०० देखि १५० किलोवाट तौला क्षमताका १३ वटा, १०० देखि २०० किलोवाटसम्मका १, २०० देखि ३०० किलोवाट तौल क्षमताका २ र ३०० भन्दा बढी तौल क्षमता भएका २ थान विद्युतीय सवारी आयात भएको छ ।

उक्त अवधिमा जापानबाट १० करोड ८८ लाख २ हजार रुपैयाँ बराबरको २८ थान ( १५० देखि २०० किलोवाट तौल क्षमताका) कार, जीप र भ्यान नेपाल भित्रिएको हो ।

विभागका अनुसार चालु आवको बैशाख मसान्तसम्ममा फ्रान्सबाट ३४ लाख ६२ हजार रुपैयाँ बराबरको १ थान विद्युतीय सवारी आयात भएको छ ।

वि.सं.२०७९ जेठ १८ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...