काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । जेठ १९ गते, बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै कारोबार मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। बुधवार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०७९ जेठ १९ बिहीवार १२:२४ मा प्रकाशित