काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् ।
कम्पनीको जेठ १९ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई असार १० गतेदेखि लागू हुनेगरी कार्यकारी आधिकृत पुनः नियुक्त गरेको हो ।
गुरुङ ४ वर्षका लागि पुनः कार्यकारी अधिकृत नियुक्त भएका हुन् । यसअघि पनि फाइनान्सको प्रमुख कार्यकारीको कार्यभार गुरुङले नै सम्हाल्दै आएका थिए।
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:४४ मा प्रकाशित