काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आउँदो असार १ गतेदेखि सर्वसाधारणमा ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।
सर्वसाधारणमा निष्काशन हुने लागेको कुल ६७ हजार कित्ता सेयरमध्ये १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई र यी बाहेक बाँकी ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका छुट्याएको छ ।
कम्पनीको आईपीओमा छिटोमा असार ६ गतेसम्म र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
वि.सं.२०७९ जेठ २३ सोमवार १२:१८ मा प्रकाशित