काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार कम्पनीको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १२:०१ मा प्रकाशित