back
Hero Ad

एक आपसमा गाभिदै यी दुई कम्पनी, एकैदिन बोलाए विशेष साधारण सभा !

काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि दुई कम्पनीले विशेष साधारण सभा डाकेका छन् ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभिने प्रयोजनका लागि विशेष साधारण सभा बोलाएका हुन् ।

यी दुवै कम्पनी आउँदो असार २ गते छुट्टाछुट्टै सभा गर्न लागेका हुन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले असार २ गते बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट, काठमाडौंमा सभा गर्ने भएको हो ।

कम्पनीले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई एक आपसमा गाभिने प्रयोजनको लागि विषेश साधारण सभा बोलाएको हो । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

मर्जर प्रक्रिया शुरु भएसँगै गत वैशाख २३ गतेदेखि कम्पनीको सेयर कारोबार रोक्का रहेको छ ।
यस्तै, सोही दिन अर्थात आउँदो असार २ गते एभरेष्ट इन्स्योरेन्सले पनि विशेष साधारण सभा बोलाएको छ ।

गत जेठ १५ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । विषेश साधारण सभा बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा शुरु हुनेछ ।

सभामा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पेश हुँदैछ । मर्जरमा जानेभएपछि अहिले यी दुवै कम्पनीको सेयर कारोबार रोक्का रहेको छ ।

वि.सं.२०७९ जेठ २६ बिहीवार १६:२७ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...