back
NMB ad

युवाहरु माझ झनै लोकप्रिय बन्दै ‘टेक्कन आर २५०’: यस्ता छन् सर्वाधिक रोजाईमा पर्नुका कारण

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा मोटरसाइकल अत्यावश्यक साधान बनिसकेको छ । व्यक्तिदेखि व्यवसायीहरुसम्मका लागि नभई नहुने अत्यावश्यक साधनको रुपमा लिन थालिसकिएको छ ।

बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधानमा हुने ढिलाईका कारण पनि नेपालमा मोटरसाइकल प्रयोगकर्ताहरुको संख्यामा तिव्र वृद्धि भएको छ । नेपालमा फरक–फरक आर्थिक स्तर र फरक–फरक रुचि अनुसार विभिन्न प्रकारका मोटरसाइकलहरु प्रयोग हुँदै आएका छन् ।

सहजताका लागि मोटरसाइकलको प्रयोग बढ्दै गएका कारण अहिले यो शोख भन्दा पनि आवश्यकता बनिसकेको छ ।

यसैविच आवश्यकता, शौख लगायतलाई मध्यनजर गर्दै मोटरहेड मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडेलहरु उपलब्ध रहेको छन् ।

मोटरहेड मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता एसएलआर कम्पनी रहेको छ । कम्पनीले अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ । एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ । त्यसबाहेक, कम्पनीले क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टहरूलाई पनि लोकप्रिय बनाउन धेरै प्रयास गरेको छ ।

मोटरहेड बाइक नेपालको सबै भू–भागको लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, प्रशंसनीय पिक अप, पावर र आरामका लागि परिचित रहेको कम्पनीको दाबी छ । मोडलमा राम्रो पिकअप, आकर्षक डिजाइन र रङ भएकाले पनि यो लोकप्रिय बन्न पुगेको छ ।

नेपाली बजारमा उपलब्ध मध्ये युवा पुस्ताले अत्याधिक रुचाईएको बाइक हो ‘टेक्कन आर २५०’ । टेक्कन आर २५० मा २२३ सीसी क्षमताको इन्जिन र १४ लिटर फ्युल ट्यांक क्षमता रहेको छ ।

यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । टेक्कन आर २५० नेपाली बजारमा ४ लाख १५ हजार रुपैयाँ पर्दछ ।

टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट रहेको छ ।

फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ झनै लोकप्रिय बन्दै गएको छ ।

वि.सं.२०७९ जेठ २६ बिहीवार १८:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...