काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
बिहीबार कम्पनीको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:५८ मा प्रकाशित