काठमाडौं । सुरक्षित तरिकाले डिजिटल कारोबार गर्न सनराइज बैंकले सचेत गराएको छ ।
बैंकले नक्कली फेसबुक आईडी बनाएर पैसा ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै बैंकले सुरक्षित कारोबार गर्न सचेत गराएको हो ।
एक सूचना जारी गर्दै बैंकले कुनै पनि चिनेजानेको व्यक्तिको आईडीबाट रकम सापटी वा अन्य कुनै प्रयोजनका लागि मागेको खण्डमा सो अनुरोध गर्ने व्यक्ति सही भएको नभएको यकिन गरे पश्चात मात्र रकम ट्रान्सफर गर्न अनुरोध गरेको छ ।
बैंकले सुरक्षित तवरले डिजिटल कारोबार गर्नका लागि बैंक खाता, मोइबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिड/क्रेडिट कार्ड जस्ता सेवांग सवन्धीत संवेदशील विवरणहरु कोही पनि व्यक्तिलाई प्रदान नगन आग्रह गरेको छ ।
डिजिटल बैंकिङ्ग कसरी प्रयोग गर्ने ?
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:४७ मा प्रकाशित