काठमाडौं । भोलि अर्थात जेठ ३० गते नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा हुने भएको छ ।
उक्त दिन कम्पनीले ७३ औं वार्षिक वार्षिक साधारण सभा आयोजना गरेको हो । सभा नेपाल पर्यटन बोर्ड प्रदशनीमार्गमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा लाभांश वितरण प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने एजेण्डा रहेको छ ।
यसका साथै सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले जेठ १७ गते मंगलबारदेखि बुकक्लोज गरेको थियो ।
बुकक्लोज अनुसार जेठ १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र र लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७९ जेठ २९ आइतवार १४:३७ मा प्रकाशित