back

तनहुँमा दुई पालिका जोड्ने झोलुङ्गे पुल निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा उक्त पुल निर्माण गरिएको हो ।

नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत बजेट विनियोजन भएसँगै निर्माण थालिएको खोला लामेरह पानी घट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले जानकारी दिनुभयो ।

विसं ०७८ चैत १३ गते सुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सठसठ्ठी मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब पाँचसय मानिसहरु प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति जिल्ला शाखाका झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणका लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उक्त स्थानमा पुल नहुँदा बर्सेनि मानवीय क्षतिसमेत हुँदै आएकाले विगत लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए ।

पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा हिँड्नुपर्नेमा बाध्यता अन्त्य हुनाका साथै छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन् ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १२:१९ मा प्रकाशित

You can share this post!

ADBL
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...