back
NMB ad

बढ्यो वाणिज्य बैंकहरुको निक्षेप : जेठ महिनामा २३ अर्बले वृद्धि, सीडी रेसियो कति ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलन वृद्धि भएको छ । जेठ महिनमा बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

नेपाल बैंकर्स एसोशियसनका अनुसार जेठ २७ गतेसम्म बैंकहरुले ४३ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत बैशाख मसान्तसम्ममा भने बैंकहरुको निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ मात्र रहेको थियो ।

बैंकर्स संघका अनुसार जेठ महिनको पहिलो साता बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ, दोस्रो साता ६ अर्ब रुपैयाँ, तेस्रो साता ७ अर्ब रुपैयाँले र चौथो साता ३ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, जेठ महिनामा बैंकहरुले २ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । बैशाख ३० गते ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले जेठ २७ गतेसम्ममा २ अर्ब रुपैयाँ बढेको हो । योसंगै बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा बैंकहरुको औसत सीडी रेसियो भने ९०.२२ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १९:०९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...