काठमाडौं। आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको भन्दा ६ सय रुपैयाँले घटेर बुधबार प्रतितोला ९६ हजार ५ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार १ हजार ८ सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बुधबार स्थिर छ। अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँ घट्दा मंगलबार कारोबार मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ थियो।
वि.सं.२०७९ असार १ बुधवार १२:४२ मा प्रकाशित