back
NMB ad

एनएमबि बैकद्वारा लालबन्दी, सर्लाहीका किसानहरुलाई बित्तीय साक्षरता तालिम

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकद्धारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई बित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त बिभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा बित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसंग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक शरद पौडेलले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गर्नु भएको थियो । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । य

स क्षेत्रका करिव १,५०० किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन । यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाण्डौ, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाईने गरिन्छ ।

यस कार्यक्रमले यहाँका किसानहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०७९ असार १ बुधवार १३:०८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...