
काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक, पूजा इन्टरनेशनल नेपाल प्रालिले नक्सालमा जर्मन स्टेट अफ द आर्ट डिजाइनमा आधारित सुविधा सम्पन्न नयाँ शोरुम नक्सालमा संचालनमा ल्याएको छ।
जर्मन स्टेट अफ द आर्ट भनेको जर्मनको नयाँ प्रविधि, विचार र सुविधाहरू समावेश गरिएको विकासको सबैभन्दा पछिल्लो चरण हो। कम्पनीका अनुसार गाडी किन्न जाने ग्राहकलाई कम्पनीले कफी, चियाको सत्कारसँगै स्न्याक्स समेत दिनेछ। कम्पनीको शोरुम पाँच तारे होटलको अनुभव दिने रहेको दाबी छ।
सोरुम उद्घाटनमा नेपालका लागि जर्मनीका राजदुत थोमस प्रिज, मालीगाउँ प्रहरीचौकीका प्रमुख नायब उपरिक्षक भिमबहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले जर्मनीको जस्तै अत्याधुनिक सुविधा सम्पन्न शोरुम संचालनमा आएको बताए। यसले गाडी खरिद गर्न आउने ग्राहकहरुले छुट्टै प्रकारको महसुस गर्न सक्ने पनि उनको भनाइ छ।
उनले नक्सालको नयाँ शोरुमबाट आगामी दुई हप्ताभित्र गाडी बुकिङ गर्ने ग्राहकहरुका लागि अफरहरु ल्याएको पनि बताए। विजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई हप्ताभित्र फक्सवागनको कुनैपनि गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्मको लागि फ्री सर्भिसिङ र फ्री कन्जुमएबल्स सुविधा प्राप्त गर्ने छन्।
फ्री कन्जुमएबल्स सुविधा भन्नाले सर्भिसिङ गर्दा लाग्ने मोबिलहरु लगायतका केही सामग्रीहरु हुन।
वि.सं.२०७९ असार १ बुधवार १६:४६ मा प्रकाशित