back
NMB ad

कर्णाली प्रदेश बजेटः उद्योगका नाममा जग्गा खरिद गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा शतप्रतिशत छुट

Kumari bank ad

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ति र मदिरासँग सम्बन्धित उद्योग बाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभामा प्रस्तुत गर्नुभएकोे आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विषयमा छुट सहुलियत लिनलाई सम्बन्धित उद्योगकै नाममा जग्गा दर्ता भएको हुनुपर्नेछ ।

बजेटमा दुई वा दुईभन्दा बढी पक्षले आपसी सहमतिमा कृषि प्रयोजनका लागि जग्गाको चक्लाबन्दी गर्नका लागि हक हस्तान्तरण गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । त्यस्तै प्रदेशभित्र स्थायी ठेगाना भएका नागरिकको स्वामित्वमा रहेको अन्य प्रदेशमा दर्ता भएका सवारीसाधन प्रदेशभित्र सरुवा दर्ता गर्र्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त बजेटमा पर्यटकीय संरचनाबाट सङ्कलन हुने शुल्कको निश्चित प्रतिशत रकम प्रदेश सरकारलाई प्राप्त हुने व्यवस्था गर्ने, प्रदेशको अधिकारक्षेत्रभित्र रही राजस्व परिचालनसम्बन्धी सुझाव दिने उद्देश्यले एक स्थायी प्रकृतिको राजस्व परामर्श समिति गठन गरिने पनि बजेटमा उल्लेख छ ।

प्रदेश सरकारले आगामी वर्ष कोभिड–१९ को महामारीको असर कम हुँदै जाँदा समग्र आर्थिक गतिविधिमा बढोत्तरी भई सात दशमलव पाँच प्रतिशत रकम वृद्धि हुने अपेक्षा लिएको छ । बुधबार आर्थिक वर्ष २०७९/८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट सार्वजनिक गरिएकोे थियो ।

वि.सं.२०७९ असार २ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...