back
NMB ad

प्रधानमन्त्री देउवाले एसपीपी स्वीकार गर्दिनँ भन्नुपर्छ : भीम रावल

Kumari bank ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्नुपर्ने बताएका छन् । उनले एसपीपीप्रति असहमति जनाए। नेता रावलले नेपालले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गरेमा शक्तिराष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालमा पुर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने पनि टिप्पणी गरे ।
स्टेट पार्टनरसिप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने उनको टिप्पणी छ । रावलले भने–‘नेपालको संविधान मिचिन्छ ।

नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ । र, नेपाल ठुला शक्ति राष्ट्रको तिव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठुलो संकट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठुलो खतरा उत्पन्न सिर्जना हुन्छ ।’ ।

नेता रावलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको लागि, र नेपालको संविधान कार्यान्यवनको लागि राष्ट्रिय सहमति भएमात्रै राष्ट्रहित मान्न सकिने बताए । उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भएर नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको उनको चेतावनी छ ।

‘अमेरिकी राजदुतावासले ३ वर्षअघि नै राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पार्टनरसिप प्रोगाममा नेपालले हस्ताक्षर गरिसकेको थियो, अब नेपालले कुनै सम्झौता नै गर्नपर्दैन, तिमी स्वतः सदस्य भयौ भनेर जबरजस्ती गर्ने भाषामा आएको छ ।’

अमेरिकी राजदुतावासलाई उद्धृत गर्दै उनले भने,‘म यहीँबाट प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सुझाव दिन चाहन्छु कि उहाँले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधिन परराष्ट्र नीतिको अनुशरण गर्नेछु, अमेरिकाले भनेपनि म स्वीकार गर्दिनँ, म मान्दिनँ भनेर स्पष्ट भन्नुपर्छ ।’

वि.सं.२०७९ असार २ बिहीवार १६:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...