काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो हो। योसँगै छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीवार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार २६५रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०७९ असार ३ शुक्रवार ११:१४ मा प्रकाशित