back
NMB ad

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

Kumari bank ad

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आज शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ३६ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १७ लाख ९१ हजार ८९५ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४ जनाको आवेदन भने रद्द भएको थियो ।

विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको थियो । कुल १५ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, विन्ध्यवासिनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

वि.सं.२०७९ असार ३ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...