काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।
कम्पनीको संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले उक्त हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो ।
यसअघि कम्पनीले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म बिक्री खुला गरेकोमा नेपाल धितोपत्र बोर्डले सेवोनले फागुन १३ गते बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि रोकिएको थियो ।
उक्त सेयर खरिदका लागिका लागि असार १९ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रूपैयाँ तोकिएको छ ।
सेयर खदिका लागि न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको उक्त सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ असार ५ आइतवार ०९:५८ मा प्रकाशित