काठमाडौं। साताको पहिलो कारोवार दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको तुलनामा ५ सय बढ्दा गत शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। शुक्रबार प्रतितोला १२ सय ७५ मा किनबेच भएको थियो।
वि.सं.२०७९ असार ५ आइतवार ११:१९ मा प्रकाशित