back
Mega Long Ad

बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने

ढाका । बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न आदेश दिनुभएको हो ।

शुक्रबार राति प्रधानमन्त्री कार्यालयका महानिर्देशक (प्रशासन) मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो ।यस निर्देशनको उद्देश्य विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने हो ।

सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत महाशाखा, स्थानीय सरकार महाशाखा, विद्युत् महाशाखा, उद्योग मन्त्रालय, कलकारखाना तथा प्रतिष्ठान निरीक्षण विभागलगायत सम्बन्धित मन्त्रालय तथा महाशाखाका सचिवहरू, प्रहरी नायव महानिरीक्षकहरूलाई बङ्गलादेश श्रम कानून २००६ को प्रतिबन्धको दफा ११४ बमोजिम आदेशलाई कडाइका साथ पालना गर्न सबै डिभिजन र जिल्लाका उपायुक्त र प्रहरी उपरीक्षकहरूलाई आदेश दिइएको छ ।

वि.सं.२०७९ असार ५ आइतवार १४:०९ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...