काठमाडौं । साताको पहिलो कारोवार दिन सेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ ।
आज नेप्से परिसूचक १.८९ प्रतिशतले घटेर १९३४.११ को विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् ।
उक्त दिन नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।
दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन ।
वि.सं.२०७९ असार ५ आइतवार १५:२४ मा प्रकाशित