back
Mega Long Ad

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति रु. बीस हजार (२०,०००) सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ ।

पाटन अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गर्नुभएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

वि.सं.२०७९ असार ६ सोमवार १८:०५ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...