काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिन अवधि लम्बिएको छ । कम्पनीको आईपीओ माग बमोजिम आवेदन नपरेपछि म्याद थप भएको हो ।
कम्पनीले जेठ २४ गते देखि असार ७ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । अब कम्पनीको आईपीओमा असार १० गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ असार ७ मंगलवार १२:४५ मा प्रकाशित