back
Hero Ad

प्रतिनिधिसभा बैठकः शेयर कारोबार सुरक्षित बनाउनुपर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

“एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भन्नुभयो, “लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

उहाँले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको शेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै भन्नुभयो, “राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन ।”

वि.सं.२०७९ असार ७ मंगलवार १५:०४ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

वि.सं.२०७९ असोज १३ बिहीवार १६:१०

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य...

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

वि.सं.२०७९ असोज १३ बिहीवार १६:००

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ बाट...