काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंकको आधिकारिक फेसबुक पेजमार्फत आवश्यक जानकारी लिनका लागि अनुरोध गरेको छ ।
बैकको नाम लोगो तथा अन्य सामाग्रीहरु प्रयोग गरि अनधिकृत फेसबुक पेजमार्फत भ्रामक जानकारी प्रकाशित भइरहेकाले भन्दै बैंकले आधिकारिक फेसबुक पेजमार्फत आवश्यक जानकारी लिन भनेको हो ।
एक सूचना निकाल्दै बैंकले आधिकारीक ‘भेरिफाइड’ फेसबुक पेजबाट मात्र आवश्यक जानकारी लिनुहुन तथा अन्य भ्रामक फेसबुक पेजहरुका पोष्टहरुमा विश्वास नगर्न र आफ्नो कुनै पनि सूचना प्रबिष्ट नगर्नुहुन आग्रह गरेको हो ।
वि.सं.२०७९ असार ७ मंगलवार १८:१२ मा प्रकाशित