काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा आज छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने तेजावी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ कायम भएको छ । मंंगलबार भने चाँदी १ हजार २६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७९ असार ८ बुधवार ११:२१ मा प्रकाशित