काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यति बेला शिवश्री हाइड्रोपावरसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म शिवश्री हाइड्रोपावरको सेयर मूल्य ६.८७ प्रतिशत अर्थात प्रतिकित्ता १६ रुपैयाँ ६० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २५५ रुपैयाँ कायम भएको छ ।
यस्तै, रिभर फल्र्स पावरको सेयर मूल्य पनि ६.५६ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले घटेर २२८ रुपैयाँ कायम भएको छ ।
त्यसैगरि यति बेला ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत अर्थात १९ रुपैयाँ ५० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ३०५ रुपैयाँ ५० पैसा कायम भएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार १३:१५ मा प्रकाशित