back
NMB ad

सरकारले स्वास्थ्य बीमा दाबी भुक्तानी नतिरेपछि उपचार सेवा रोक्दै अस्पताल

Kumari bank ad

काठमाडौं। सरकारले स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका तीन ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्।

स्वास्थ्य बीमाको रकमको चाङ थुप्रिएसँगै पूर्वका विएण्सी मेडिकल कलेज विर्तामोड, नोवेल मेडिकल कलेज, विराटनगर र विराट मेडिकल कलेज, विराटनगरले असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ ।

स्वास्थ्य बीमा गरेका दैनिक एक हजार बिरामीको उपचार हुन्छ। हामीले दाबी भुक्तानीको ४५ करोड रुपैयाँ पाएका छैनौं, सरकारले पैसा दिएको छैन, बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विएण्सीका प्रमुख कार्यकारी अधिकृत दुर्गा प्रसाद प्रसाईले यस्तो बताएका हुन् ।

५ वर्षदेखि सरकारले उपचारको एउटै मूल्य तोकेको पनि उनले गुनासो गरे। २ वर्षदेखि दाबी भुक्तानी पाएका छैनौं, उनले भने, यतिबेला सबै वस्तुको मूल्यवृद्धि भएकाले उपचार सेवाको शुल्क पनि बढाउनुपर्ने अवस्था छ। राम्रो भए पनि सरकारले अस्पतालहरुको भुक्तानी रोकेर स्वास्थ्य बीमाको योजनालाई असफल बनाउने बाटोमा लगेको उनले आरोप लगाए।

विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य बीमा गराएकाहरुलाई दिएको उपचार सेवाको दाबी भूक्तानी गत कात्तिकयताको नपाएको व्यवस्थापन प्रतिनिधि भीमबहादुर चन्दले बताए। सरकारले नोबेल मेडिकल कलेजलाई करिब ५४ करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ, उनले भने, नोबेलले दैनिक १५ सयभन्दा बढी बिरामीलाई उपचार दिइरहेको छ।

मोरङको अर्को अस्पताल विराट मेडिकल कलेजले पनि दाबी भुक्तानी रोकिएकै कारण बीमाअन्तर्गतको स्वास्थ्य सेवा रोक्ने चेतावनी दिएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार मुुलुकमा सबैभन्दा बढी स्वास्थ्य बीमा प्रदेश १ को झापाका बासिन्दाले गराएका छन्। उक्त जिल्लामा ५ लाख भन्दा बढी जनसंख्याले स्वास्थ्य बीमा गरेका छन्। बोर्डका अनुसार स्वास्थ्य बीमा ऐन अन्तर्गत सरकारले तोकेका सरकारी सामुदायिक र निजी अस्पतालमा बीमकको उपचार हुन्छ।

वि.सं.२०७९ असार ८ बुधवार १४:०१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...