काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला आँधिखोला लघुवित्त र ग्लोबल आइएमई समुन्नतको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्दासम्म आँधिखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात ७९ रुपैयाँ ४० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ८७३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
यस्तै, ग्लोबल आइएमई समुन्नतको सेयर मूल्य पनि ९.८२ प्रतिशतले अर्थात प्रतिकित्ता ८७ पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार १४:१३ मा प्रकाशित