back

काठमाडौंमा चार जनामा हैजाको पुष्टिः सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो ।

उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो “ फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । ”

विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उहाँले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको बताउनुभयो । वागबजारका दुई जना १८ र २३ बर्षिय युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक/एक जनामा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताउनुभयो । उहाँले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उहाँले पानीको कारणले हैजा भएको आफूले शंका गरेपनि परीक्षणको रिर्पोट नआएकन केही भन्न नसकिने बताउनुभयो । “हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ, ” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “ हामीले घरवरपरका छिमेकीसंग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन भनेर अध्ययन गरिरहेका छौ ।”

उहाँले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताउनुभयो । असार २ गते चटपटे खाएपछि ति युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो ।

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धिकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उहाँले बताउनुभयो । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धिकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।

वि.सं.२०७९ असार ८ बुधवार १५:३८ मा प्रकाशित

You can share this post!

ADBL
कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

वि.सं.२०८० जेठ २१ आइतवार १३:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...