काठमाडौं । बिहीवार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात बुधवार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको हो ।
साताको पाँचौ कारोबार दिनका लागि तेजावी सुनको भाउ भने ९७ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन अघिल्लो दिन भने ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ असार ९ बिहीवार ११:०८ मा प्रकाशित