back
Mega Long Ad

लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा : लाभांश पारित गर्ने मुख्य एजेण्डा, बुक क्लोज कहिले ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले १७ औं वार्षिक साधारण सभा आउँदो असार २९ गते गर्ने भएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीको सभाले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले अधिकृत पूँजी हाल १ अर्ब २५ करोड रुपैयाँबाट वृद्धि गरेर ३ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव समेत पारित गर्नेछ ।

यसका साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गरेको छ ।

वि.सं.२०७९ असार ९ बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...