काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।
कम्पनीले एक सूचना निकाल्दै आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता संचालन गरे बापतको प्रत्येक आवमा १ सय रुपैयाँ नवीकरण शुल्क बुझाउन भनेको हो ।
उक्त नवीकरण शुल्क आउँदो असार मसान्तभित्र क्यापिटलको सुन्धारा स्थित कार्यालयमा सम्पर्क गरि वा फोन पे एमबिएल, मोबाइल मनि/इसेवा/कनेक्ट आईपीएस/खल्ती/प्रभु पे/आइएमई पे डिजिटल भुक्तानी मार्फत बुझाउन सकिने छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना
वि.सं.२०७९ असार ९ बिहीवार ११:४८ मा प्रकाशित