काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले घर जग्गा खरिद गरेको छ । कम्पनीले २० करोड बढीको घर जग्गा खरिद गरेको हो ।
कम्पनीले आफ्नो मुख्य कार्यालय राख्ने प्रयोजनका लािग काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–१ मा कित्ता नम्बर ४५३० मा बनेको घरजग्गा खरिद गरेको जनाएको छ ।
कम्पनीले उक्त घर जग्गा २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पेश गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ असार ९ बिहीवार १२:०० मा प्रकाशित