back
Mega Long Ad

झण्डै दुई दर्जन बीमा कम्पनीलाई समितिको कारबाही, तोक्यो १० हजार ५ सयसम्म जरिवाना

काठमाडौं । बीमा समितिले करिब दुई दर्जन बीमा कम्पनीहरुलाई कारबाही गर्ने भएको छ ।समितिले समयमा लेखापरिक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीहरुलाई कारबाही गर्ने भएको हो ।

समितिले निर्धारण गरेको समयमा वित्तीय विवरण तयार पारी लेखा परीक्षण प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई १० हजारदेखि १० हजार ५ सय रुपैयाँसम्म जरिवाना तोकेको हो ।

समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउनेमा राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ, आईएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायबल लाइफ, सानिमा लाइफ, दि ओरिएण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । यी १२ वटा कम्पनीलाई समितिले कारबाही स्वरुप १० हजार ५ सय रुपैयाँ जरिवाना तोकेको छ ।

यस्तै, नेपाल पुर्नर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ सिटिजन लाइफ, प्रभु लाइफ र महालक्ष्म लाइफ इन्स्योन्स कम्पनीले पनि समितिले तोकेको समयमा लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । यी १० कम्पनीलाई समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

 

वि.सं.२०७९ असार ९ बिहीवार १२:३५ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...