back
NMB ad

हाम्रा मागहरुको बुँदागत रुपमा कार्यन्वयनको खाकामा सहमत भएपछि अनशन तोडिन्छ : संघर्ष समिति

Kumari bank ad

काठमाडौं । पुँजीबजार संघर्ष समितिले कुनै बहानाबाजी नगरि तत्काल समिति गठन र समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्डलाई भनेको छ ।

समितिका संयोजक तिलक कोइरालालेले बिहीबार एक विज्ञप्ति निकाल्दै पहिले समिति गठन भई मागहरुका बारेमा बुँदागत रुपमा सीमासहित कार्यन्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि अनशन तोडिने जनाउनुभएको छ ।

धितोपत्र बोर्डबाट हिजो ८ गते प्रेषित पत्रद्वारा एकीकृत १९ बुँदे माँग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गरिनेछ भनेर उल्लेख भएकोमा आन्दोलन र आमरण अनशन अन्त्य गरे पश्चात् भनी राखिएको शर्त अमान्य भएको कोइरालाले विज्ञप्ति मार्फत जनाउनुभएको छ ।

समस्या समाधान समितिमा कस कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्र भित्रको कुरा भएकाले त्यहाँबाट शर्त हटाई सुधारिएको दोस्रो पत्र प्राप्त भएपश्चात् यस समितिबाट सात जनाको नाम पठाइने र पूँजी बजारको अहिलेको संवेदनशिलता, जटिलता, विग्रदो अवस्था र अनशनरत स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोडेर आम लगानीकर्ताहरुको मनोभावना सुदृढ बनाउन आँतुर रहेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७९ असार ९ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...