back
Mega Long Ad

मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप

नयाँदिल्ली । विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ ।

रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । हाल विश्वका ५८ देशमा मङ्कीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।

वि.सं.२०७९ असार ९ बिहीवार १६:३१ मा प्रकाशित

You can share this post!

prabhu bank
गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

वि.सं.२०७९ असार १३ सोमवार १४:०५

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा...

देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०७९ असार १३ सोमवार १२:३०

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही...

किएभको आवासीय क्षेत्रमा रूसी हमला

किएभको आवासीय क्षेत्रमा रूसी हमला

वि.सं.२०७९ असार १२ आइतवार १७:०३

किएभ । रूसको आक्रमणविरूद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न...

प्रतिनिधिसभामा योगेश भट्टराईको प्रश्नः माध्यमिक विद्यालयका पाठ्यपुस्तक कहिले पुग्छ ?

प्रतिनिधिसभामा योगेश भट्टराईको प्रश्नः माध्यमिक विद्यालयका पाठ्यपुस्तक कहिले पुग्छ ?

वि.सं.२०७९ असार १२ आइतवार १६:२७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

एमडीआरटी बार्षिक मिटिङ्गका लागि रिलायन्स लाइफका २ जना बिमा अभिकर्ता अमेरिका प्रस्थान

एमडीआरटी बार्षिक मिटिङ्गका लागि रिलायन्स लाइफका २ जना बिमा अभिकर्ता अमेरिका प्रस्थान

वि.सं.२०७९ असार १२ आइतवार १४:४८

काठमाडौं । मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा...