back
NMB ad

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

Kumari bank ad

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् ।

कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकी बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् ।

टुरिष्ट बस एशोसियशन अफ नेपालका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनी विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताउनुहुन्छ ।

“विदेशी पर्यटक नेपालमा घुम्न आउने हुन्, घुम्नका लागि कहाँबाट बस चढ्ने भन्नेबारे अहिलेसम्म एउटा व्यवस्थित बसपार्क छैन, पर्यटकीय बसपार्क नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पर्यटन क्षेत्रको राम्रो सन्देश जान सकेको छैन,”– उहाँ भन्नुहुन्छ ।

पर्यटकीय बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायी रूपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जाने गरेका छन् । काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् ।

तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गरेपनि काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरीसँगको समन्वयमा कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै विसं २०७५ असार १६ गते उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा अस्थायी रुपमा स्थानान्तरण गराएको थियो ।

सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् ।नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् ९नाट्टा०का अध्यक्ष रमेश थापा विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताउनुहुन्छ ।

“पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले राख्दै आएको छ,”– उहाँ भन्नुहुन्छ । नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायतलाई ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष थापा बताउनुहुन्छ ।

पछिल्लो समय सरकारले पर्यटकीय बसमा समेत इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । नाट्टाका अध्यक्ष थापा भने पर्यटक बोक्ने सवारीसाधन सजिलैसँग चिन्नेगरी हरियो नम्बरप्लेट नै कायम हुनुपर्नेमा जोड दिनुहुन्छ । टिवानका पूर्वउपाध्यक्ष एवं नाट्टाका सदस्य ढकनाथ काफ्ले पर्यटकीय बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायसँग छलफल चलाउँदै आएको छ भन्नुहुन्छ ।

“सरकारले पर्यटकीय बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा अझैसम्म बसपार्क बन्न सकेको छैन,”– उहाँ जोड दिनुुहुन्छ “पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकतामा पारिनुपर्छ ।”

काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्ले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसलाई छुट्टै बसपार्क आवश्यक रहेको बताउनुहुन्छ । “पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा काठमाडौँ महानगरपालिका सकारात्मक छ,”– उहाँ भन्नुहुन्छ ।हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

वि.सं.२०७९ असार १२ आइतवार १४:०८ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...