back
NMB ad

अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा 

Kumari bank ad

बागलुङ । नेपाल टेलिकमले तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुराएको छ । ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोवाईल सेवा विस्तार गरि सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ ।

भौगोलिक कठिनाईका कारण रेडियो लिङ्क मार्फत सेवा उपलब्ध गराउन प्राविधिक हिसाबले सम्भव नभएपछि तमानमा रहेको बिटियस टावरबाट अप्टिकल फाईबर मार्फत लिङ्क गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

बागलुङ र म्याग्दी जिल्लाको संगम स्थल पर्यटकीय स्थल सोलेडाँडा सँगै लाममेला गाउँका झण्डै ३ सय घरधुरीलाई लक्षित गरि सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

वरिष्ठ ईन्जिनियर शर्माले भनें “अहिले सम्म उक्त गाउँमा कुनै पनि मोवाईल सेवा थिएन हामीले दुर्गम र विकट गाउँका नागरिकलाई सञ्चार सेवा उपलब्ध गराउने उद्येश्यले अस्थायी टावर निर्माण गरि अप्टिकल फाईबर मार्फत सेवा प्रवाह गरेका छौं टावर नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो अब मोवाईल सेवा सञ्चालनमा आएपछि सहजता भएको छ ।

भौगोलिक विकटता सँगै वर्खायाम सुरु भईसकेकोले त्यहाँ सामाग्री ढुवानी र प्राविधिकलाई पुग्न समस्या भएपनि टेलिकमले त्यहाँका जनप्रतिनिधी र स्थानीयको सहकार्यमा सेवा पुराउन सफल भएको शर्माको भनाई छ ।

निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोवाईल सेवा पुराउने गृहकार्यमा रहेको टेलिकमले बताएको छ ।

“विकट भुगोलमा मोवाईल सेवा नहुँदा यहाँका नागरिक र हामी जनप्रतिनिधीलाई समेत सुचना आदान प्रदान गर्न निकै कठिन भईरहेको थियो त्यस क्षेत्रमा मोवाईल सेवा विस्तारको लागि रेडियो लिङ्क गर्न समस्या भएकोले अप्टिकल फाईबर तार हामीले व्यवस्था गर्यौं अहिले भनें सजिलो भएको तमानखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताए । वडाबासी नागरिकलाई सेवा उपलब्ध गराउन हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,” वडा अध्यक्ष श्रीपालीले भनें ।

अहिलेको जमाना प्रविधिको भएकोले यसलाई मध्यनजर गरेर टेलिकम सँगको समन्वयमा स्थानिय हाईड्रो पावरको विद्युत सेवा पुराएर यहाँ मोवाईल सेवा सञ्चालन गरिएको स्थानिय योगेन्द्र विश्वकर्माले बताए । त्यस क्षेत्रमा पहिलो पटक मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकहरु थ्रिजी मोवाईलको भ्वाइस र डाटा मार्फत लाभान्वित हुनुका साथै खुसी भएका छन ।

समुद्री सतह देखि झण्डै २ हजार ६ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि वडा सहित गाउँपालिकामा हुने हरेक कामकाज र स्थानियको दैनिकीलाई मोवाईल सेवाले थप सजिलो बनाएको छ । मोवाईल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तार सँगै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमले आफ्नो सेवाको विस्तार कार्यलाई तिव्रता दिएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १६:३६ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...