back
NMB ad

नेपालमा बढ्दै साइकल प्रयोगकर्ता, विश्वका २२ देशबाट आयो पौने २ अर्बको ३ लाख ८५ हजार बढी साइकल

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा पौने २ अर्बको साइकल आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा १ अर्ब ८७ करोड ३३ लाख २३ हजार रुपैयाँ बराबरको साइकल नेपाल भित्रिएको हो ।

उक्त अवधिमा विश्वका विभिन्न २२ वटा देशहरुबाट ३ लाख ८५ हजार ३१० थान साइकल आयात भएको विभागले जनाएको छ । साइकल आयातबाट सरकारले ३५ करोड २ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालमा छिमेकी दुई मुलुक भारत, चीन, इन्डोनेशिया, ताइवान, हङकङ, श्रीलंका, कतार, कम्बोडिया, यूएई, अमेरिका, जर्मनी, मलेशिया, बेलायत, म्यानमार, बह्रराइन, कुवेत, जापान, ओमन, इज्रायल, सिंगापुर लगायतको देशहरुबाट साइकल आयात हुने गरेको छ ।

नेपालका शहरी क्षेत्रमा पछिल्लो समयमा साइकल प्रयोग गर्ने प्रचलन निकै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिरका ठूला सहरमा पनि साइकलको प्रयोग निकै बढ्न थालेको हो । पछिल्लो समयमा मानिसले साइकललाई बाध्यता भन्दा पनि शोखका रुपमा प्रयोग गर्न थालेका छन् । शहरी क्षेत्रका मानिसहरु शनिबार तथा सार्वजनिक बिदाको दिन साइकल यात्रामा निस्कने प्रचलन पनि उत्तिकै बढेको छ ।

चालु आवको जेठ मसान्तसम्ममा सबैभन्दा बढी साइकल भारतबाट आयात भएको छ । उक्त अवधिमा भारतबाट १ अर्ब १५ करोड ९२ लाख ५१ हजार रुपैयाँ बराबरको साइकल आयात भएको हो । उक्त देशबाट २ लाख ७० हजार २०५ थान साइकल नेपाल भित्रीएको छ ।

नेपालमा साइकल बढी आयात हुने देशमध्ये दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट भने ६८ करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ३६८ थान आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार मोटर जडान नगिरएको मात्रै १ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरको साइकल नेपाल भित्रिएको हो ।

उक्त अवधिमा इन्डोनेसियाबाट ८५ लाख ३२ हजार रुपैयाँ बराबरको, हङकङबाट २५ लाख ८५ हजार, श्रीलंकाबाट २२ लाख ३९ हजार, कतारबाट १७ लाख १४ हजार, कम्बोडियाबाट १० लाख १४ हजार रुपैयाँ बराबरको साइकल नेपाल भित्रिएको हो ।

यस्तै, यूएईबाट २ लाख ८० हजार, जर्मनीबाट २ लाख ४९ हजार, इटलीबाट १ लाख ९८ हजार, अमेरिकाबाट ५४ हजार, बेलायतबाट ४६ हजार, मलेशियबाट ४२ हजार, जापानबाट ४१ हजार, कुवेताट २९ हजार, बह्रराइनबाट २३ हजार, तानजानियाबाट २२, म्यानपारबाट २१, इज्रायलबाट १२, साउदी अरेबियाबाट ११ हजार रुपैयाँ बराबरको साइकल आयात भएको हो ।

त्यसैगरि चालु आवको जेठ मसान्तसम्ममा सिंगापुरबाट ९ हजार, ओमनबाट ५ हजार र उल्लखे नभएको देशबाट ५ हजार रुपैयाँ बराबरको साइकल आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १७:४० मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...