back
Hero Ad

देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, प्रदेश नं १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १२:३० मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

यस्तो छ , एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय अवस्था

यस्तो छ , एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय अवस्था

वि.सं.२०७९ भदौ १ बुधवार १२:००

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ साउन ३१ मंगलवार १५:३६

काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो...

सर्वाधिक कारोबार भएको रिडी पावर कम्पनीको कति कित्ता बिक्यो सेयर ?

सर्वाधिक कारोबार भएको रिडी पावर कम्पनीको कति कित्ता बिक्यो सेयर ?

वि.सं.२०७९ साउन ३१ मंगलवार १५:२३

काठमाडौं । मंगलबार रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको...

नेपालमै बनेको इ–भोटिङ मेशिन सार्वजनिक, निर्वाचन आयोगले चासो नदिएको राम–लक्ष्मणको गुनासो

नेपालमै बनेको इ–भोटिङ मेशिन सार्वजनिक, निर्वाचन आयोगले चासो नदिएको राम–लक्ष्मणको गुनासो

वि.सं.२०७९ साउन ३१ मंगलवार १४:१९

काठमाडौं । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय...

विद्युत् महसुल नतिर्ने २७१ सेवाग्राही कालोसूचीमा

विद्युत् महसुल नतिर्ने २७१ सेवाग्राही कालोसूचीमा

वि.सं.२०७९ साउन ३१ मंगलवार १४:०२

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई...