काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभाका लागि मिति तय गरेको छ ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार २८ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय (प्रभु कम्प्लेक्स) मा बहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले अन्य कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रक्रिया अगाडि बढाउने विशेष प्रस्ताव अनुमोदन हुनेछ । उक्त प्रयोजनका लागि सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ
सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
वि.सं.२०७९ असार १३ सोमवार १३:५७ मा प्रकाशित