
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रमका लागि राय, सल्लाह तथा सुझाव मागेको छ ।
बोर्डले धितोपत्र बजार तथा बस्तु विनियम बजारसम्बन्धी आव २०७९/८० को नीति तथा कार्यक्रमका लागि राय मागेको हो ।
एक सूचना जारी गर्दै बोर्डले बजारको विकास, विस्तार तथा सुधारका लागि रचनात्मक राय तथा सल्लाह/सुझाव असार २० गते भित्र बोर्डको इमेलमा पठाउन भनेको हो ।
वि.सं.२०७९ असार १३ सोमवार १४:४१ मा प्रकाशित