back
Hero Ad

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न सकेन । आइतबार एकै दिन अप्रत्याशित रुपमा ९५ अंकले बढेको बजार आज दोहोरो अंकले घटेको छ ।

साताको दोस्रो कारोबार दिन बजार २३.८५ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक १९३३.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा समूह ११३.९६ र लगानी समूह ०.६४ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहरु राताम्मे बनेका छन् ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन सवा दुई अर्ब बढीको सेयर कारोबार भएकोमा आज घटेर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँमा सिमित भएको छ ।

उक्त दिन नागरिक लगानी कोषमा सर्वाधिक सेयर कारोबार भएको छ । आज कोषको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ९ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १५:०९ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...