back
Hero Ad

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पु¥याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मुख्यमन्त्री पोखरेलले असङ्गठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बीमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताउनुभयो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बीमाको पहुँच पु¥याउनका लागि सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अध्यक्ष सिलवालले बीमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गर्नुहुँदै आर्थिकरूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवम् गरीब बर्गलाई बीमाको पहँुचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको र आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि समितिको प्रदेश कार्यालय स्थापना गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती, आगामी कार्यदिशा र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव लगायत पदाधिकारीहरू, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, विभिन्न सरकारी निकायका प्रमुख एवम् पदाधिकारी, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरू लगायत गरी करिव ५५ जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ असार १३ सोमवार १८:०२ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...